होली खेल्नु भन्दा अघि सनस्कृन क्रिम लगाउनु पर्छ । यसले छालालाई घाम र रंग दुवैबाट जोगाउछ । सनस्कृन लगाएपछि कोल्ड क्रिम समेत लगाउनु जरुरी हुन्छ ।

– हात खुट्टामा मोइशचराइजर लगाए तपाईको छाला फाट्न दिदैन् र कोमलता रहिरन्छ ।

– रंग खेल्न १० घण्टा अघिबाटै कुनै पनि छालासम्बन्धि तथा कपालको व्युटि ट्रिटमेन्ट नगर्नु नै उपयुक्त हुन्छ ।

– छालामा लागेको रंगलाई हातले नै सफा गर्नु पर्छ , नरम कपडाले पुछ्दा समेत हुन्छ तर पानीले पखाले रंग अझ फैलिन्छ ।

– अनुहार तथा शरीर नुहाउदा सावुनले सफा गर्ने र अनुहारमा बेसन र दहीको पेस्ट लगाउदा उपयुक्त हुन्छ । राम्रो संग मोइशचराइजर क्रिम प्रयोग गर्ने, जसले गर्दा रंगले स्किनलाई असर पर्न दिदैँन ।

(एजेन्सीको सहयोगमा )