सुख, स्वास्थ्य र समृद्धिको कामना गर्दै मनाइने रंगीन पर्व होली अर्थात् फागु पूर्णिमा । तर, रमाइलोका नाममा रसायनिक रंगको बढ्दो प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

आपसमा रंग छ्यापाछ्याप गरेर सौहार्दतापूर्वक मनाउने पर्व होलीमा विकृति बढ्दो छ । खुसी साट्न छ्यापिएको रंगकै कारण मानिस बिरामी पर्ने गरेका छन् । चिकित्सकका अनुसार बर्सेनि होलीपछि छालासम्बन्धी रोग लिएर अस्पताल धाउनको सङ्ख्या बढ्ने गरेको छ । यसर्थ झट्ट हेर्दा आकर्षक देखिने भन्दा पनि गुणस्तरमा ध्यान दिएर रंगको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

बजारमा पाइनेमध्ये नब्बे प्रतिशत घुलनशील रंग जनस्वास्थ्यका लागि हानिकारक हुने विभिन्न अध्ययनले पुष्टि गरेको छ । सुख्खा रंग बनाउन सिसा, मरक्यिुरी, पेट्रोलियम प्रोडक्टजस्ता स्वास्थ्यका लागि हानिकारक तत्व प्रयोग हुन्छ । जसले आँखा र छालामा संक्रमण बढाउनुका साथै दम, खोकीदेखि छालाको क्यान्सर, पक्षघात र अन्धोपनाको खतरा बढाउँछ।

त्यस्तै तरल रंग बनाउन विभिन्न पेट्रोलियम पदार्थसँगै सिसाको धुलो प्रयोग हुन्छ । जसले छाला, रगत र मृगौलामा असर पर्छ । त्यस्तै होलीमा प्रयोग हुने चाँदी जस्तो देखिने सेतो एल्मिुनियमर ब्रोमाइडले क्यान्सरको सम्भावना बढाउँछ । त्यसैले होलीमा रंग प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने चिकित्सकको भनाइ छ । एकैछिन रमाएर रसायनिक रंगको प्रयोग गर्दा जिन्दगीभर नै रोगी भएर बस्नेपर्ने सम्भावना समेत हुन्छ । त्यसैले खुसीयालीको पर्व मनाउँन रंगको प्रयोग गर्दा साबधानी अपनाउन जरुरी छ । Agency