पानी खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ । गर्मीबाट आउनेबित्तिकै पानी पिउँनुहुन्न, केहीबेर आराम गरेपछिमात्र पिउन सकिन्छ । यदि छाति पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ ।

खाना खाएलगत्तै पानी पिउनुहुन्न, यसले खाना पचाउन समस्या हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ।

पानीको विकल्प

विभिन्न फलफूल तथा तरकारीलाई पनि पानीको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । काँक्रोमा शरीरका लागि जरुरी भिटामिन र खनिज पदार्थका अलावा पानीको मात्रा पनि अधिक हुन्छ । यसमा ९६ प्रतिशतभन्दा बढी पानी हुन्छ । जसको उपयोगले शरीर हाइड्रेट रहन्छ । यस्तै, पालुंगोमा पनि ९१ प्रतिशत पानी हुन्छ ।

पालुंगोमा आइरन र म्याग्नेसियमको मात्रा प्रचुर हुन्छ, जसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ । स्टार फ्रुटमा पानी करिब ९१ प्रतिशत हुन्छ । स्वादमा अलिक अमिलो हुने यो फलका एन्टीअक्सिडेन्ट र भिटामिन सी प्रमुख रुपमा पाइन्छ ।

गर्मीमा लोकप्रिय फल मानिने खरबुजामा पनि पर्याप्त पानी पाइन्छ । यसमा ९२ प्रतिशत पानी हुन्छ । यसले शरीरको प्रतिरोधी क्षमता कायम राख्न मद्धत गर्छ ।