जिल्लाको मंगला गाउँपालिका वडा नं ५ अर्मनमा खेतबारीमा फैलिएको गाँजालाई स्थानीयको पहलमा नष्ट गरिएको छ । अर्मनको करसिम्ला, खारपानी, छिस्वाङ, तातोपानी लगाएतका स्थानमा प्राकृतिक रुपमा उम्रेर फैलिएको गाँजाका बोट वडा अध्यक्ष भुपेन्द्र क्षेत्री, बावियाचौर प्रहरी चौकीका अशोक पौडेल, हिदी खहरे आमा समुह, स्थानीय यूवाहरुको प्रयासमा गाँजाका बोटलाई जलाएर नष्ट गरिएको स्थानीय तारा क्षेत्रीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार दुब्र्यसनीमुक्त समाजबनाउने प्रहरीको अभियानलाई निरन्तरता दिन गाँजाको बोट नष्ट गर्ने गरिएको बताए । गाउँमा ब्यवसायीक भन्दा पनि प्राकृतिक रुपमा फैलिएका बोटलाई दुरुपयोग गदैं गाउँ तथा आसपासका क्षेत्रका साथै दुब्र्यसनीमा फसेकाको नजर पर्न सक्ने सम्भावनलाई मध्यनजर गरी आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिने वडा अध्यक्ष क्षत्रीले बताए ।

पछिल्लो समय स्कुले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले सहर देखी ग्रामिण क्षेत्रसम्म गाँजा सहित लागुपर्दाथ दुब्र्यसनीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गदैं आइरहेको छ । गाँजा नष्ट गर्ने क्रममा प्रहरीले गाँजाका बोटहरू देखेमा जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । खेतबारीमा आफै समेत गाँजा फैलने गरेपनि सर्वसाधारणले बेवास्ता गर्ने गरेका छन् । प्राकृतिक रुपमा फैलिएको गाँजा संकलन गरेर विक्री गर्ने र गाँजाभएकै स्थानमापुगेर समेत सेवनगर्ने गरेको समेत भटिएपछि स्थानीयबासीले समेत नष्ट गर्न सक्रियता देखाएका छन् ।