पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकम शिवाङबाट बेनीमा आएका एक बालक अलपत्र अवस्थामा भेटिएका छन् । सामान किन्नका लागि आमाको साथमा बेनी आएका एक बालक आमासंग छुट्टिएर अलपत्र परेको अवस्थामा फेला परेका हुन् ।

अलपत्र अवस्थामा सडकमा रोइरहेका अन्दाजी ८ वर्षिय श्रीकृष्ण परियारलाई बेनी नगरपालिका ७ मंगलाघाटका रामवहादुर पुनले भेटेपछि आफूसंर्गै राखेको मंगलाघाटबाट प्रेमबहादुर शाहीले बेनीअनलाइनलाई जानकारी दिए । बुबाको नाम रामकृष्ण परियार र आमाको नाम पूर्णा परियार रहेको बालकले बताएका छन् । छोराको खोजीमा रहेकी आमा पूर्णा परियारलाई कसैले भेटेमा ९८२१३७०९१३ नम्वरमा सम्पर्क गराइदिन शाहीले अनुरोध गरेका थिए ।