सिद्धार्थ बैंकको घरदैलो अभियान

म्याग्दीको सदरमुकाम बेनीमा शाखा रहेको सिद्धार्थ बैंकले वित्तिय साक्षरता अभियान सञ्चालन गरेको छ । दुईबर्ष अगाडी शाखा स्थापनासंगै सामाजिक तथा मानवीय सहयोगमा समेत अग्रसर बैंकले छिमेकी जिल्ला जलजला गाउँपालिकाको मल्लाजमा घरदैलो अभियान अन्तरगत सेवाग्राहीलाई सेवासुविधाका बारेमा जानकारी गराउने अभियान सुरु गरेको शाखा प्रबन्धक गणेश पाठकले बताए । ‘म्याग्दी र पर्वतका केही गाउँमा यो अभियानलाई निरन्तरता दिन्छौ,‘सरल वित्तिय पहुँच पु¥याउन प्रतिबद्ध छौ’ पाठकले भने ।

उनका अनुसार स्थापनाकालको छोटो समयमै बैंकले गलेश्व।रमा बसोबास गर्ने बृद्धबृद्धा, आर्थिक अभावका कारण समस्यामा परेकालाई खाता सहित आवश्यक सहयोग सहित सामाजिक अभियानमा समेत जोडिएकाले पनि बैंकप्रति ग्रामिण क्षेत्रमा समेत जोडिनेको संख्या धेरै रहेकाले एक घर एक खाताको अभियानमा ग्राहकबाटै सहयोग रहेको बताए।

उनले बेनी नगरपालिका सहित गाउँपालिकामा समेत वित्तीय साक्षरताको वृद्धि हुने, बचत गर्ने बानीको विकास हुने तथा हरेक नागरिकलाई वित्तीय प्रणालीमार्फत् कारोवार गराउन सहयोग पुग्ने गरी कार्यक्रम लैजाने बताए । बैंकको बेनी शाखामा १७ सय ९० जना सक्रिग ग्राहक रहेका छन् ।