भारतमा एक यूवा ठूलो परिमाणको विष्फोटक पदार्थ सहित पक्राउ

म्याग्दी घर बताउने एक यूवा ठूलो परिमाणको विष्फोटक पदार्थ सहित भारतको सिलगुडीबाट पक्राउ परेका छन् । भारतको पश्चिम बंगाल राज्यको सिलगुडीबाट नेपाल भित्राउने तयारीमा राखिएका यूद्धका साम्रागी सहित म्याग्दीको मालिका गाउँपालिका रुम घर बताउने एक यूवा पक्राय गरेको भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।

आसन्न लोकसभा तथा गोर्खा आन्दोलनको समेत तयारीलाई समेत लिएर उच्च सुरक्षा सर्तकता अपनाइरहेको पश्चिम बंगाल सरकारको सशस्त्र सीमा बलको गस्तीको क्रममा २६ बर्षिय Link: चरण रोका नाम गरेका यूवालाई ठूलो परिमाणमा विष्फोटक पदार्थसहित पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले तस्वीर सहित समाचार प्रकाशित गरेका छन् ।
नेपालको म्याग्दी जिल्लाको रुमा भन्ने ठाउँमा भएको बताइएको छ । उनको साथबाट बिस्फोटक सामग्री समेत बरामद भएको जनाइएको छ।

उनी नेपालमा कुन समूहमा आबद्ध थिए भन्ने खुलिसकेको छैन । भारतीय संचारमाध्यम युनाइटेड न्यूज अफ इण्डिया ९युएनआइ० लगाएतमा उल्लेख भएको समाचारमा पक्राउ गरेका यूवाबाट नेपालमा यूद्धको तयारी सहितका यूद्धका साम्रागी नियन्त्रण गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

रोकाको साथबाट पाउडर, इलेक्ट्रिकल डिटोनेटर र अन्य बम बनाउने रासायनिक सामग्री समेत फेला परेको भारतीय सुरक्षा बलले जनाएको छ । रोका उक्त विष्फोटक पर्दाथ सहित नेपाल छिर्ने प्रयासमा थिए । प्रहरीका अनुसार उनको साथबाट निओजेल पावरजेल (विस्फोटक पदार्थ) प्रतिगोटा १२५ ग्राम रहेका २०५ प्याकेट र ३५५ वटा स्टीक सहितको इलेक्ट्रिक डिटोनेटर फेला परेका छ् ।

नेपालमा विप्लव नेतृत्वको नेकपाले यूद्धको तयारीका बारेमा चर्चा चलिरहेको अवस्थामा सिमा क्षेत्रबाट फेला पारिएको साम्रागीलाई भारतीय संचारमाध्यमले निकै चासोपूर्वक हेरेका छन् । यता म्याग्दी घर बताउने रोकाका बारेमा भने रुमममा बेनीअनलाइनले बुझ्ने प्रयास गर्दा उक्त नाम गरेका यूवा भएपनि थप प्रष्ट हुन सकेको छैन् । रोकाले पोखरामा होटल गर्ने बताउने गरेपनि बर्ष र हुलिया भने मिलेको छ ।