हातहतियार राख्नुभएको छ भने बुझाइ हाल्नुस् है पर्नुहोला कारबाहीमा

सरकारले कानून बमोजिम इजाजत नलिइ राखिएका हात हतियार ३५ दिन भित्र बुझाउन निर्देशन दिएको छ  गृहमन्त्रालयले इजाजत पत्र नलिइ, नविकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कसैले हातहतियार र खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय तथा नेपाली सेनाको ब्यारेकमा लगेर बुझाउन भन्दै सूचना जारी गरेको छ ।

गृहमन्त्रालयले फाुगन २८ को निर्णय अनुसार चैत १ गते उक्त सूचना जारी गर्दै भनेको छ ‘यसरी हात हतियार खरखजाना बुझाउन ल्याएमा यसअघि ती अवैध हतियार र तोकिएको समयभित्र अवैध हतियार तथा खरखजाना अनिवार्य बुझाउनुहुन सम्बन्धीत सबैमा जानकारी गराइन्छ । यदि इजाजत प्राप्त नगरी आफूसँग रहेका हतियार तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’sansarnews.com