गुणस्तरहीन ग्यास सिलिण्डर : मानिसको ज्यानै लिने ‘बम’ बन्दै

पछिल्लो समय ग्यास सिलिन्डर खाना पकाउने साधन मात्र नभएर मानिसको ज्यानै लिने ‘बम’जतिकै बनिरहेको छ । मापदण्ड पूरा नगरेका सिलिण्डर र प्रयोगमा हेलचेक्र्याई गर्दा पनि ग्यास विस्फोटका घटना बढिरहेको हो । तर, सिलिण्डरको गुणस्तर सुधारमा सरकारले भने ध्यान दिएको छैन ।

जलेका बिरामीको मात्रै उपचार हुने कीर्तिपुर अस्पतालमा प्रति महिना ६ देखि १० जना ग्यास सिलिन्डर पड्किएर घाइते भएका विरामीको उपचार हुन्छ । ग्यास सिलिण्डर पड्किएर ज्यान गुमाउनेको संख्या भने सरकारी निकायसँगै छैन । मापदण्ड पूरा नगरेका ग्यास सिलिन्डर, चुलो, रेगुलेटर र पाइपलगायत सामान सुरक्षित नहुनु नै ग्यास पड्किनुको मूल कारण हो ।

सिलिन्डरबाट ग्यास ‘लिग’ हुने समस्या खेपिरहेका सर्वसाधार डरैडरमा खाना पकाउन बाध्य छन् । दिनप्रति दिन ग्यास सिलिण्डर पड्किने समस्या बढेपनि मापदण्ड र गुणस्तर हेर्ने सरकारी निकाय गुणस्तर तथा नापतौल विभाग भने बजारमा रहेका सबै सिलिण्डर सुरक्षित भएको दावी गर्छ ।

गुणस्तर तथा नापतौल विभागको मापदण्ड अनुसार:

– रेगुलेटर एन. एस ५३० नम्बरको अनिवार्य

– सिलिन्डर र रेगुलेटर जडान हुने स्थानमा हुने भल्ब एन. एस ५३३ अनिवार्य

– सिलिण्डरमा ग्यास भर्दा बोटलिङ प्लानलेले अपनाउनु पर्ने सुरक्षा विधि रेस फाइब ५३३ मापदण्ड अनिवार्य तर, बजारमा भने न मापदण्ड अनुसारको सिलिन्डर छ, न रेगुलेटर ।

सरकारी निकाय भने लापरबाहीले पनि पड्किने घटना बढेको भन्दै प्रयोगमा सचेतना अपनाउन सुझाव दिन्छ । बजार निगरानी गर्ने प्रभावकारी सरकारी संयन्त्र नहुँदा र भएकाले पनि जिम्मेवारपूर्वक काम नगर्दा ग्यासजस्तो संवेदनशिल बस्तुमा चरम लापरबाही छ । news24nepal.tv