खेतबारीमा फैलिएको गाँजालाई नष्ट गर्ने अभियानलाई प्रहरीले तिब्रता दिएको छ । प्रचलित कानुनले प्रतिबन्धित लागुऔषधको सूचीमा राखेको गाँजा खेतीलाई बैधानिक बनाउनुपर्ने बहस सुरु भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीलेस्थानीय जनप्रतिनिधि सहित अगुवाको सहयोगमा खेतबारीमा फैलिएको गाँजाको पहिचान गरी आगो लगाउने गरेको छ ।

खेतबारीमा फैलिएको वा केही आर्थिक आर्जनको बाहनामा खेती गरिएका स्थानमै पुगेर प्रहरी, वडाका जनप्रतिनिधि, आमा समुह सहितका संघसंस्थाका प्रतिनिधिले दुब्र्यसनमुक्त समाज बनाउने अभियानलाई समेत सहयोग पुग्ने भन्दै गाँजा नष्ट गर्ने गरेका छन् । पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनको पिपलबोटमा करिब ४ रोपनी खाली जग्गामा प्राकृतिक रुपमा उम्रिएको ६ क्वीन्टल गाँजाको बिरुवाहरु फडानी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासनीले बताए ।

‘स्थानीयसंगको साझेदारीमा समाजलाई सकारात्मक सन्देश फैलिने अभियान सहित घरदैलोमै पुगेर कार्यक्रम गरिएको छ,‘समुदायको सहयोगले अयिभानलाई सहज भएको छ’ मरासनीले भने । उनका अनुसार जिल्लामा प्राकृतिक रुपमा फैलिएको गाँजालाई आर्थिक आम्दानी तथा यूवापुस्ता कुलतमा फस्दै गएकाले पनि गाँजाको बोट नष्ट गर्ने अभियानमा सक्रिय हुन अनुरोध गरेका छन् ।

केहीदिन अगाडी नै अर्मनको करसिम्ला, खारपानी, छिस्वाङ, तातोपानी लगाएतका स्थानमा व ५ क्वीन्टल गाँजा नष्ट गरिएको थियो । स्कुले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले सहर देखी ग्रामिण क्षेत्रसम्म गाँजा सहित लागुपर्दाथ दुब्र्यसनीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गदैं आइरहेको छ । गाँजा संकलन गरेर विक्री गर्ने र गाँजा भएकै स्थानमा पुगेर समेत सेवन गर्ने गरेको समेत पाइएको छ ।

Leave a Reply