Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

मोना यूकेले शुभकामना साँझ गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना युके) ले नेपालीको नयाँ बर्षको अवसरमा शुभकामना साँझ गर्ने भएको छ । यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोनाले शुभकामना आदानप्रदान सहित विविध सांस्कृतिक कार्यक्रम सहितको तयारीलाई तिब्रता दिएको छ । संस्थागत सहित विकास निर्माण, सामाजिक तथा मानवीय कार्यमा समेत सक्रिय रहेको मोना यूकेले आगामी अप्रिल २७ गते कार्यक्रम गर्ने मोना यूकेका मिडिया संयोजक मन्दिप जुग्जालीले बताए ।

उनका अनुसार शुभकामना साँझको तयारी सति विभिन्न उपसमिति समेत बनाइएको छ । शुभकामना साँझको अवसरमा चर्चित लोकदोहारी गाउक कुमार पुन, चर्चित लोकदोहारी गायिका कुमारी चेपाङ्ग र पप गायक निखिता थापा लगाएतको उपस्थिती रहने मोना यूकेका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कुमार फगामीले बताए। उनका अनुसार कार्यक्रममा स्पेनबाट अनुषा थापा, यूरोपमै चर्चित धौलागिरी नौमति बाजा समुह, सोरठी नाँच लगाएत सांगीतिक सहितका कार्यक्रम गरिने छ ।

मोना यूकेका अध्यक्ष दल जुग्जालीका अनुसार नयाँ बर्षको स्वागत संगै संस्थागत गतिविधिलाई समेत केन्द्रित गरेर कार्यक्रम गरिने बताए । उनले संस्थागत गतिविधिसंगै आर्थिक बचत गरी सामाजिक तथा जन्मभूमिमा हुने विभिन्न कार्यक्रममा खर्च गरिने बताए । मोना यूके मार्फत म्याग्दीमा रेडक्रस सोसाइटीलाई ३ वटा एम्बुलेन्स सञ्चालित छ भने विभिन्न सामाजिक कार्यमा समेत मोनाले सहयोग गर्ने गर्ेको छ ।

 

Exit mobile version