नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको म्याग्दीका एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका ४ सिंगा तातोपानीका प्रेम श्रीसले मंगलबार स्थानीय सञ्चार माध्यममा पत्र मार्फत विप्लप नेतृत्वको नेकपाको कुनै पनि संघ संगठनको साधारण सदस्य समेत नरहेको जानकारी गराउनुभएको हो । २०५३÷५४ देखि जनमिलिसीया हुदै पार्टीमा आवद्ध भएका श्रीस विप्लप समूहको जिल्ला सदस्य र सो समूह निकट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

सरकारले विप्लप समूहलाई लगाएको प्रतिवन्धका कारण आफूमाथि पटक पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएकाले पार्टीबाट अलग भएर स्वतन्त्र नागरिकको रुपमा रहने श्रीसद्धारा प्रेषित पत्रमा उल्लेख छ । यसअघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको र चलाउदै आएको सवारी साधन प्रहरी कार्यालयमा थुनिएको बताउनुभएको छ । सन्तोष गौतम

Leave a Reply