ऐतिहाँसीक ढोलथान भग्नाअबशेषमा परिणत

0

सन्तोष गौतम

म्याग्दी १ मंसिर । प्राकृतीक सुन्दरताले समेत अत्यन्त मनोरम र आकर्षक ऐतिहाँसीक ढोलथान दरबार क्षेत्र भग्नाअशेषमा परिणत भएको छ ।

म्याग्दीको घतान गाविस वडा न। १ मा पर्ने बाईसे चौबिसे राज्यका पालामा पर्वत राज्यको राजधानी ढोलथानमा रहेको दरबार भवन किल्ला लगायतका ऐतिहाँसीक सम्पदाहरु भग्नाअबशेषमा परिणत भएका हुन । नेपालको एकिकरण भएपछि सम्बन्धित पक्षले त्यस ठाउँको संरक्षण गर्न नसेपछि त्यहाँको दरबार किल्ला र अन्य भवनहरुको अहिले भग्नाअबशेष बाहेक केही पनि नभएको स्थानिय बासिन्दा बिष्णु शर्माले बताउनुभयो । दरबार भवनको जग र भवन निर्माणमा प्रयोग गरिएको ईटा समेत यहाँ पुरिएर रहेको छ ।

समुन्द्रि सतहदेखि करिब १ हजार ६ सय मिटर उचाइमा रहेको ढोलथानको डाडाँबाट म्याग्दी पर्वत बागलुङ जिल्लाका बिभिन्न स्थान तथा आधा दर्जन हिमालहरुको दृष्य अवलोकन गर्न सकिन्छ ।

ढोलथान पर्यटकहरुका लागि गन्तव्य बन्न सक्ने संभावना भएपनि राज्यले यसको प्रचारप्रसार तथा पदमार्ग विकासमा ध्यान पुर् याउन नसकेकोले पर्यटन आवागमन हुन नसकेको स्थानियबासीहरुको गुनासो छ ।