पूर्वराज्य मन्त्री भिमप्रसाद गौचन राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) को केन्द्रिय उपाध्यक्षमा भएका छन् । पार्टीका अध्यक्ष कमल थापाले विधान बमोजिम पदाधिकारी थप गदैं गौचन सहित पदाधिकारी, केन्द्रिय सदस्यलाई मनोनित गरेका हुन् । दोस्रो संविधानसभा सदस्यमा र प्रदेश सभामा म्याग्दीबाट पराजित भएका गौचनलाई मनोनयन गरेको पार्टीको केन्द्रिय कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कलिलै उमेरमा राजनीतिमा होमिएका गौचनले १९ बर्षको उमेरमै गाउँपञ्चायतको अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरेका थिए । २०२३ सालमा पहिलो जिल्ला सभापति, ३० बर्षमा निर्माण तथा यातायात राज्यमन्त्री, ०२८ सालमा बन सहायक राज्यमन्त्री, ०४९ मा यातायात राज्यमन्त्री, सामान्य प्रशासन राज्यमन्त्री हुदै पञ्चायती ब्यवस्थामा उनले चारपटक मन्त्री बनेका गौचन तत्कालिन समयमा राजनीतिक गतिविधिका साथै आफ्नो क्षेत्रमा विकासका लागी गरेको प्रयासका कारण चर्चामा थिए ।

२०२३ साल देखी ४४ सालसम्म स्वर्गीय राजा विरेन्द्र शाहलाई म्याग्दी भ्रमणमा ल्याएर खानेपानी आयोजनाको उद्घाटन गरेका थिए । पार्टीको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएपछि गौचनले राजनीतिक यात्रा निरन्तर रहेको बताए ।

Leave a Reply