????????????????????????????????????

नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई म्याग्दी प्रहरीले पक्राउ परेको छ । सरकारले प्रतिबन्ध लगाएसंगै जिल्लामा विप्लवका कार्यकता माथि निगरानी बढाइरहेको प्रहरीले जिल्ला जनसरकार संयोजक जगेन्द्र बहादुर पुन (जगत) सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेकपाका सक्रिय सदस्य एवम् मालिका गाउँपालिका ६ दरबाङका रमेश पुन र शिक्षक संगठनका जिल्ला अध्यक्ष सोही गाउँपालिका रुम डाँडागाउँका थम बहादुर पुन रहेका छन् । प्रहरीले विप्लव समूहका नेता तथा कार्यकताहरूलाई केही दिनदेखि निगरानी बढाएको छ । पक्राउ परेकालाई प्रहरीले जिल्लामा भएका आगजनी सहित बम विष्फोटका घटनामा संलग्न रहेकाले खोजीकार्यको क्रममा पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष्क महेन्द्र प्रसाद मरासिनीले बताए ।

प्रहरीले विप्लवका नेता तथा कार्यकर्ताको खोजीकार्यलाई तिब्रता दिएको छ । पक्राउ परेकाबाट पार्टीको गतिविधि सहित थप अनुसन्धान भइरहेको बताए । स्रोतका अनुसार नेकपाका नेताकार्यकर्तालाई नियन्त्रण लिन प्रहरीले सम्भावित क्षेत्रमा साधा पोशाक सहित प्रहरीको टोली समेत परिचालन गरेको छ । यता नेकपाका जिल्ला इन्र्चाज गम बहादुर श्री मगरले पार्टीका कार्यकतालाई घरबाटै नियन्त्रणमा लिइएको बताउँदै विनासर्त रिहा गर्न माग गरेका छन् ।

Leave a Reply