बोलेरो जीप दुर्घटनामा चालक सहित ३ जना घाईते भएका छन् । बेनी नगरपालिका वडा नं ४ साउथुङ्गबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको ग १ ज ६९७० नम्बरको जीप अनियन्त्रित भई सडकबाट १९ मिटर तल खस्दा मंगला गाउँपालिका वडा नं ३ बरंज बस्ने ४० बर्षिया इन्द्रकुमारी घर्तीको टाउको रहेकी छन् ।

त्यस्तै १९ बर्षिया बविता घर्ती मगर दुवै हातखुट्टा र २९ बर्षिय होम बहादुर चोचाङीको बायाँ खुट्टामा चोट लागेको प्रहरी निरिक्षक धुब्र प्रसाद शर्माले बेनीअनलाइनलाई बताए । उनका अनुसार जीपमा ६ जना सवार रहेका थिए ।

Leave a Reply