गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका सबै जिल्लामा स्वस्थ जीवन अभियान सञ्चालन गर्ने बताएकी छन् । प्रदेशलाई निरोगरी नागरिक बस्ने प्रदेश बनाउन ११ वटै जिल्लाभित्रका सबै स्थानीय तहसम्म योग शिविर सञ्चालनको वातावरण बनाउँदै प्रदेशका नागरिकको जीवनशैलीलाई तनाबमुक्त बनाउन सघाउने बताईन् ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार देखि सदरमुकाम बेनीमा सुरू गरेको तीनदिने बृह्त निःशुल्क योग शिविर तथा निशुल्क रक्त परिक्षण सहित चेकजाँच शिविरको उद्घाटन गदैं मन्त्री पुनले नागरिकको जीवनशैलीमा सकारात्मक प्रभाव ल्याउन नियमित योगाको आवश्यकता रहेकाले शारिरीक र मानसिक रोगबाट मुक्ति पाउनका लागी योगको आवश्यकतालाई प्रदेश सरकारले जिल्ला हुदै स्थानीय तहसम्म पु¥याउने बताए ।

‘गण्डकीलाई सुखी र खुसी प्रदेश बनाउनुपर्छ,‘ योग शिक्षाको विकासमा समेत जोड दिएका छौ’ मन्त्री पुनले भनिन् । शिविरको अवसरमा मन्त्रालयमा सचिव दिर्घनारायण पौडेलले मन्त्रालयले बालबालिका देखि बृद्धबृद्धासम्म योगको अभ्यासलाई जोड दिएको बताउँदै जिल्लास्तरमा सञ्चालन गरिने शिविर एउटा उदाहारण भएको बताए । सोही अवसरमा डा. योगी विकाशानन्दले नसर्ने रोगको औषधी नै योगा भएको बताए ।

उनले योगसाधन नै सबै किसिमका रोगको औषधी भएको बताउँदै नियमित योग गर्न अनुरोध गरे । उनले समृद्ध नेपाल, सुखी नेपाली बन्न योगाको महत्वपूर्ण भूमिका रहेको बताए । सदरमुकाम बेनीको खुल्लामञ्चमा सञ्चालित शिविरमा गण्डकी प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । शिविरमा ठूलो संख्यामा सर्वसाधारण समेत योगमा सहभागी छन् ।

Leave a Reply