महिला स्वास्थ्य स्वयंमसेविका र प्रारम्भीक बालविकासका सहजकर्ताको जिम्मेबारी अनुसारको सेवासुविधा दिन नसकिएको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् । घरायसी काम समेत छोडेर समुदायको घरदैलोमै पुगेर सेवा दिने स्वयंमसेविका र बालबालिकालाई अक्षर चिनाउने, असल नागरिक बनाउने जिम्मेबारी पाएका सहजकर्ताका समस्यालाई नजिकबाट हेरिरहेको बताईन् ।

बुधबार म्याग्दीका ६ वटै स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंमसेविका र प्रारम्भीक बालविकासका सहजकर्तामध्ये कार्यसम्पादनमा उत्कृष्टलाई लक्षित गरी आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री पुनले सुविधालाई प्राथमिकता दिदैं विभिन्न कार्यक्रमहरूको तयारी भइरहेको बताईन् ।उनले गर्भदेखिनै शिशुको सुरक्षालाई लक्षित गरी आगामी बजेटमा असल नागरिक बनाउने गरी मन्त्रालयले नयाँ कार्यक्रम ल्याउने बताईन् ।

उनले महिला स्वयंमसेविका र सहजकर्ता स्वच्छ छवि भएका, स्वास्थ्य सम्बन्धि राम्रो ज्ञान भएका र समाजले विश्वास गर्ने र समुदायलाई सकारात्मक सन्देश फैलिने गरी काम गर्ने गरेकाले पनि प्रदेशभित्रका सबै जिल्लामा रहेक स्थानीय तहबाट उत्कृष्टलाई नगद सहित सम्मान कार्यक्रम गरिएको बताईन् ।

जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा म्याग्दीका ६ वटै स्थानीय तहसंग समन्वय गरी कार्यसम्पादनको आधारमा बेनी नगरपालिका–६ की पवित्रा हमाल, अन्नपूर्ण गापा–२ मिटु पुर्जा, मंगला गापा–२ सल्यान गंगादेवी जिसी, मालिका गापा ५ हिरादेवी फगामी, धवलागिरी गापा–५ अनिता छन्त्याल र रघुगंगा गापा–५ दिलु पूर्जाले जिल्लाभर रहेका महिला स्वयंमसेविका मध्ये उत्कृष्ट सम्मान सहित नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रारम्भीक बालविकासका सहजकर्तामा बेनपा–२ अर्जुन माविकी सुनिता आचार्य,अन्नपुर्ण गापा–५ की मुक्तिकुमारी पाईजा, मंगला गापा– १ मनकामना आधारभुत विद्यालयकी हिरा रोका, मालिका गापाकी भिमा कुमारी शेरपुञ्जा, धवलागिरी गापा–७ ताकमकी विष्णु सुबेदी र रघुगंगा गापा–७ पाखापानीकी नरकुमारी पुन गर्बुजालाई मन्त्री पुन, गण्डकी प्रदेश सांसद विनोद केसी, मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठल सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै सांसद केसी, सचिव पौडेल, मेयर श्रेष्ठले मासिक भत्ता सहित नियमित तालिम लगाएतका प्रोत्साहनमुलक गतिविधिबाटै स्वसयंमसेविका र सहजकर्ताको मन जित्नुपर्ने बताएका थिए ।

Leave a Reply