Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

सिद्धार्थको प्लाटिनम बचत खाता

सिद्धार्थ बैंकले ‘आकर्षक सुविधासहित’को सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ। सो खाताका ग्राहकले सिद्धार्थ बैंकको डेबिट कार्ड प्रयोग गरी देशभरका जुनसुकै बैंकको एटिएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने बेनी शाखा प्रबन्धक गणेश पाठकले बताए । उनका अनुसार ग्राहकलाई लक्षित गरी बैंकले नयाँ योजनाहरु ल्याउने गरेको बताए ।

यस खाताका ग्राहकले देशभर रहेका चार सय ५० भन्दा बढी युएनओ साझेदार केन्द्रमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने युएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्नेछन्। यो खातामा वार्षिक ६.५ प्रतिशत वार्षिक ब्याज पाइने बताइएको छ । खाता अनलाइनबाट पनि खोल्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।

Exit mobile version