नेपाल सरकारले आयोजनामा शुक्रबारदेखि हुन लागेको लगानी सम्मेलनमा म्याग्दीका दुई जलविद्युत आयोजना सहित म्याग्दीको पर्यटनको क्षेत्रलाई सघाउने परियोजना समेटिएको छ । जलविद्युतको प्रचुर सम्भावना भएको म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका दुई ठूला जलविद्युत आयोजनाका साथै कास्की हुदै उत्तरी म्याग्दीबाट मुस्ताङ जोड्ने केवलकारलाई लगानी सम्मेलनमार्फत प्रस्ताव गरिएको छ ।

सम्मेलनमा अन्तराष्ट्रिय लगानीकर्तालाई निजी क्षेत्रबाट लगानी भित्राउन लगिएका प्रस्तावित जलविद्युत आयोजनाहरुमा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा बन्ने १ सय ६४ मेगावाटको कालिगण्डकी गर्ज र पश्चिम म्याग्दीको मुदीमा प्रस्ताव गरिएको म्याग्दी खोला जलविद्युत समेत रहेको छ ।

कालिगण्डकी गर्जमा चाइना न्यूक्लियर पावर ग्रुप अन्तरगत यूनाङ सिङ हवा वाटर कन्जर्भेसन एन्ड हाइड्रोपावरको लगानी पक्का भएको छ भने म्याग्दी खोलाको लगानीका लागी लगानीकर्ता खोज्न सफल भएमा जिल्लाको आर्थिक विकासमा कोशेढुंगा सावित हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्यलेले बेनीअनलाइनलाई बताए । ‘दुईवटा जलविद्युतको नाम देखिएको छ,‘नीजि क्षेत्रले लगानी सम्मेलनलाई भब्य स्वागत गरेको छ’ कर्माचार्यले भने ।

उनका अनुसार म्याग्दीको पर्यटनको क्षेत्रमा समेत लगानी आवश्यक रहेको बताए । उनले लगानी सम्मेलनमा प्रस्ताव तथा लगानी जुटेपनि निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताए । कास्कीको बीरेठाँटीदेखि मुस्ताङसम्म केवकारको प्रस्ताव समेत नीजि क्षेत्रको प्राथमिकतामा परेको छ ।

८६ दशमलव ६५ किलोमिटर लम्बाई रहेको केवलकारका ६ वटा स्टेशनमा पर्यटकीयस्थल घोरेपानी, भुरुङतातोपानी गरी दुईवटा स्टेशन म्याग्दीमा रहेका छन् । उक्त केवलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनको क्षेत्रमा असर गर्ने बहसका बीच लगानी सम्मेलनमा लगानीकर्ताको खोजीमा प्रवेश गरेको छ । उक्त लगानीले पर्यटनको क्षेत्रमा लगानी भित्राउन सहज हुनेमा भने पर्यटन ब्यवसायी आसावादी छन् । लगानी सम्मेलनमा पर्यटनको क्षेत्रमा समेत लगानीको प्रस्ताव गरिएकाले पनि लगानीकर्तासंग नीजि क्षेत्रको सहकार्यमा सूचीमा नभएका लगानीका क्षेत्रका बारेमा समेत छलफल हुने बताइएको छ ।

यता लगानी सम्मेलनमा प्रस्ताव गरिएका छिमेकी जिल्ला पर्वत र बागलुङका जलविद्युत आयोजनालाई समेत समेटिएको छ । उक्त लगानीले पर्यटनको क्षेत्रमा लगानी भित्राउन सहज हुनेमा भने पर्यटन ब्यवसायी आसावादी छन् । लगानी सम्मेलनमा पर्यटनको क्षेत्रमा समेत लगानीको प्रस्ताव गरिएकाले पनि लगानीकर्तासंग नीजि क्षेत्रको सहकार्यमा सूचीमा नभएका लगानीका क्षेत्रका बारेमा समेत छलफल हुने बताइएको छ । यता लगानी सम्मेलनमा प्रस्ताव गरिएका छिमेकी जिल्ला पर्वत र बागलुङका जलविद्युत आयोजनालाई समेत समेटिएको छ ।

Leave a Reply