प्रवासी म्याग्देलीले विपद् ब्यवस्थापन तथा उद्धारमा आवश्यक पर्ने साम्रागी सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियले प्राकृतिक विपत्ती तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाली सेनाको श्रीबक्स गुल्मलाई विपद् ब्यवस्थापनको लागि उद्धार सामाग्री हस्तान्तरण गरेको हो ।

मोनाको केन्द्रिय सचिवालय बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, मोना म्याग्दीका संरक्षक सुवासकुमार श्रेष्ठ, मोनाका कोषाध्यक्ष राम खड्काले श्री बक्स गुल्मका सेनानी राजन दाहाललाई करिव ५० हजार मुल्य बराबरको सिट हार्नेस, फिगर, ब्यारविना, कलाम्वीङ डोरी लगाएतका साम्रागी सहयोग हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले प्रवासीको सहयोगमा शिक्षा, स्वास्थ्य, विकास निर्माणका साथै विभिन्न क्षेत्रमा सहयोग भइरहेको बताउँदै नगरपालिकाले सहकार्यमा काम गर्न तयार रहेको बताए । उनले मोनासंग पर्यटकीयस्थल लभ्लीहिलसम्म जाने पदमार्ग निर्माणमा सहकार्य भइरहेको बताउँदै थप उत्पादनमुलक क्षेत्रमा समेत लगानीको वातावरण बनाउने बताए ।

कार्यक्रममा संरक्षक सुवास कुमार श्रेष्ठ र मोना जापान क्षेत्रीय समिति नागोया अध्यक्ष रुपेश चोचाङ्गीले मन्तब्य राखेका थिए ।भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ, मोना नागोयाका कोषाध्यक्ष रामबहादुर किसान, अधिवक्ता ठाकुरप्रसाद आचार्यको उपस्थिती रहेको सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता कोषाध्यक्ष खड्का र् कार्यालय सचिव रञ्जना श्रेष्ठका सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply