जिल्लाको अन्नपूर्ण गाउँपालिका –८ राम्चेको पर्यटकीयस्थल महरेडाँडा । जिल्लाको प्रमुख पर्यटकीयस्थल पूनहिलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको महरेडाँडा समुद्री सतहदेखि ३ हजार तीन सय मिटरको उचाइमा रहेको छ । महरेडाँडामा म्याग्दीमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डम बहादुर पुन, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासनी, अनुसन्धान अधिकृत विष्णु पण्डित लगाएतको टोलीले भ्रमण गरेको छ ।

महरेडाँडाबाट सूर्योदय, विश्वकै सातौं अग्लो धौलागिरी हिमाल,निलगिरि, अन्नपूर्ण लगायत करिव दुईदर्जन हिमश्रंखला देख्न सकिन्छ । घना गुराँसे जङ्गलको बीचमा रहेको महरेडाँडालाई पर्यटकले घनाजंगल भित्रको एउटा सुन्दर गन्तब्यको रुपमा समेत चिन्ने गरेका छन् । तस्वीर सौजन्य सुरेन गुरूङ

Leave a Reply