एक युवकले आफ्नै दाजुको दुबै हात छिनालेर फरार भएका छन् । गएराति करिब १ बजे खोटाङ केपिलासगिढि गाँउपालिका ७ सुङदेलका २२ बर्षिय बालकुमार राईले आफ्नै दाई २५ वर्षिय अष्ट बहादुर राईको दुबै हात काटेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घरायसी विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।फरार रहेका बाल कुमारको खोजी कार्य शुरु गरिएको प्रहरी नायब उपरिक्षक राजकुमार केसिले जानकारी दिनुभयो । घाईते अष्ट बहादुुरको दिक्तेलमा उपचार हुन नसकेपछि काठमाडौ रेफर गरिएको छ ।

Leave a Reply