आफ्नो धर्म र देश कसलाई पो प्रिय नलाग्ला र ? तर पछिल्लो समय धर्मकै आडमा देशभित्रै अनेक घटनाहरु दोहोरिरहेका बेला आफ्नो धर्मको रक्षार्थ समुह मार्फत सक्रिय हुने उद्देस्यले बेनी नगरपालिका वडा नं.–४ सिङ्गामा विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा एघार सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको छ ।

त्यसैगरि उपाध्यक्षमा टीकाकुमारी रेग्मी, सचिवमा केदारनाथ पौडेल, कोषाध्यक्षमा भेषनाथ पौडेल र सदस्यहरुमा पुरुषोत्तम उपाध्याय, गोविन्द पौडेल, विना खड्का, शान्ति खत्री, खेमराज पौडेल, डेगबहादुर खत्री र भूपेन्द्रबहादुर बानियाँ चयन भएका छन् भने सल्लाहकार सदस्यहरुमा मोहनप्रसाद रेग्मी, नन्दलाल अधिकारी लिला अधिकारी, पुरुषोत्तम शर्मा र नारायणदत्त पौडेल चयन हुनुभएको छ ।

नव गठित वडा कार्यसमितिले वडाभित्र हिन्दूधर्मको विरुद्धमा हुने गरेका गतिविधिहरुलाई निरुत्साहित गर्ने तथा हिन्दू धर्म तथा हिन्दू राष्ट्रका बारेमा सशक्त आवाज उठाउने छ । त्यसैगरि अहिलेसम्म बेनी नगरपालिकाका २, ६, ७ र ८ वाडहरुमा वडा कार्य समिति गठन गरिसकिएको र बाँकी वाडहरुमा पनि क्रमशः विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गर्दै जाने विस्व हिन्दू महासंघ म्याग्दीका सचिव लोकनाथ भुषालले बताउनु भयो ।

पछिल्लो समय नेपालमा हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरु घटिरहेको र पस्चिमा संस्कृतिहरुले स्थान पाइरहेको बेला म्याग्दीमा भने हिन्दू धर्मावलम्विहरु आफ्नो धर्म र संस्कार बचाउँ भन्ने उद्देस्यले विश्व हिन्दू महासंघ जिल्ला तथा वडा कार्यसमिति नै गठन गरेर सक्रिय हुन थालेका छन् । उक्त भेलामा पण्डित दण्डपाणि उपाध्याय, दीर्घबहादुर बानियाँ, गणनाथ पौडेल लगायत स्थानीयहरुले समेत आफ्नो मन्तब्य राख्दैे भनेको हिन्दू धर्मले मात्र मुक्ति दिनसक्ने बताउनु भएको थियो । विस्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्य ज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव छविलाल पौडेलले गर्नुभएको थियो ।

Leave a Reply