लसुन स्वादका लागि मात्र नभएर औषधीको रुपमा समेत उपयुक्त मानिन्छ । लसुन सबै मानिसका लागि उपयोगी हुन्छ । लसुनसेवन पुरुषका लागि अझ लाभदायी हुन्छ भन्ने एक अध्ययनले देखाएको छ ।पुरुषले दैनिक रूपमा बिहानै खाली पेटमा लसुन सेवन गरेको खण्डमा धेरै लाभ लिन सक्छन् ।

विभिन्न रोगको उपचारमा यसले सहयोग गर्छ । लसुनमा एलिसिनजस्ता थुप्रै पोषणयुक्त तत्व हुन्छन्, जसले थुप्रै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । लसुनमा सेलेनियम हुन्छ । जब यो शरीरमा जान्छ, तब यसले पुरुषको प्रजनन शक्ति बढाउने काम गर्छ । यसमा भएको एन्टिब्याक्टेरियल शक्तिले थुप्रै कीटाणुसँग लड्न मद्दत गर्छ ।

सास र मुखबाट आउने गन्ध हटाउन पनि यसले मद्दत गर्छ । लसुनमा रहेको प्रोटिनले शरीर स्वस्थ बनाउँछ । यसमा कार्बोहाइड्रेट हुन्छ । जसले शारीरिक कमजोरीलाई हटाउँछ र शरीरलाई शक्ति मिल्छ ।लसुनमा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । जसले हड्डी बलियो बनाउँछ । यसमा रहेको एलिसिनले फ्याट घटाउन मद्दत गर्छ । जसका कारण तौल नियन्त्रणमा राख्न सकिन्छ । यसमा रहेको फाइबर्सले कब्जियत र पेटको समस्याबाट टाढा राख्छ ।

Leave a Reply