घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएका जिल्लाको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका प्रविण छन्त्याललाई म्याग्दी उद्धार समिति बहराईनले आर्थिक सहयोग गरेको छ । समितिका पूर्व सहसचिव समेत रहेका छन्त्याललाई समितिले शनिबार एक कार्यक्रम गरी प्रबक्ता रामचन्द्र पौडेल मार्फत ६४ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा प्रबक्ता पौडेलले लडेर घाईते भएको खवरले दुखी भएको बताउँदै सहयोगले उपचारमा केही राहत मिल्ने अपेक्षा गरे । ‘एउटै संस्थामा बसेर पीडितलाई राहत संकलन गरेका थियौ,‘समस्यामा समितिले क्षमता अनुसारको सहयोग गर्नेछ’ उद्धार समितिका अध्यक्ष लोक राम्जालीलाई उद्धित गदैं पौडेलले भने । बहराईनबाट फर्किएका छन्त्यालले गाउँ नजिक घाँस काट्ने क्रममा लडेर गम्भीर घाईते अवस्थामा हेलिकप्टरबाट पोखरामा एक महिना उपचार गरेका थिए ।

सोही अवसरमा छन्त्यालले आफुँ आवद्ध संस्था मार्फत प्राप्त सहयोगले संस्थाप्रतिको जिम्मेबारी थपिएको बताएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुनमगर लगाएतको उपस्थिती रहेको थियो । बहराईनमा रहेका म्याग्देलीको साझा संस्था समितिले त्यहाँ रहेका म्याग्देलीको समस्याका साथै म्याग्दीमा समेत विभिन्न सहयोग गर्ने गरेको छ । समितिले आर्थिक अवस्था कमजोर भएकालाई उपचारका साथै शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा समेत सहयोग गर्ने गरेको छ ।

Leave a Reply