काठमाण्डौमा जारी नेपाल अन्तराष्ट्रिय ब्यापार मेलामा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ४ मुदीको भीर मह र जडिबुटी समेत प्रर्दशन र विक्री गरिएको छ । जिल्लामा बहुमुल्य जडिबुटीको खानी मानिने मुदी तथा आसपासका क्षेत्रमा पाइने जडिबुटीको प्रर्दशन र अत्याधिक माग रहेको भीर महको समेत विक्री भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।

उनका अनुसार संघका पहलमा शुद्ध भीर मह र जडिबुटीको विक्री वितरणका लागि आशमान गुरुङको मोइन्वा टे«डर्सले स्थल राखेको बताए । म्याग्दीको एक मात्रै स्टलमा भीर महको अन्तराष्ट्रिय बजारमा बारेमा समेत चासो ब्यक्त गरिएको उनले बताए । मुदीमा पाईने यार्सागुन्वु सहित राष्ट्रिय भन्दा अन्तराष्ट्रिय बजारमा माग रहेका जुडिबुटीको गुणस्तरीय विरुवा उत्पादन, खेती प्रविधि विकासका साथै जडिबुटी प्रजातिहरुमा अनुसन्धानातम्क कार्य आवश्यकता रहेकाले जिल्लामा हिमाली क्षेत्रमा ब्यवसायीक जठिबुटी खेतीलाई विस्तार गर्नुपर्ने बताए ।

मेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । उनले नेपाली बस्तुलाई अन्तराष्ट्रिय बजारमा विस्तारका लागि सरकारबाट सहज हुने बताएका थिए । मेलामा नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकाररवाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह(आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना गरिएको छ ।

मेलामा महासंघका अध्यक्ष भवानी राणा,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकासाद यादवले मेलालाई नेपालको निर्यात क्षमता बढाउने, स्वदेशी उद्योग बढाउने र स्वदेशी र विदेशी उत्पादकहरु बीच सहकार्य, सहयोग र संयुक्त लगानी विस्तार गर्ने महत्वपूर्ण मंचको रुपमा विकास गर्दै जानुपर्ने ुझवा दिएका थिए । मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बाङ्गलादेशबाट ४० वटा र बाँकी ८५ नेपाली स्टल गरी जम्मा २२५ स्टल रहेको छ ।