नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहहरुमा पार्टी एकतालाई पूर्णता दिन कार्यददल गठन गरेको छ ।
जिल्लाको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो ।वैठकले एकतालाई छिटो टुङ्गाउनका लागि सांगठनिक एकिकरण सम्बन्धी काम गर्नका लागि नेताहरु हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल,बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले चैत १७ गते सम्म एकिकरणको ठोस प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले जानकारी दिए । पार्टीको सम्पत्ति एकिकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल,हरिकृष्ण श्रेष्ठ,देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदलले चैत २० गते भित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको उनले बताए ।

यस्तै पार्टीको गाउँपालिका स्तरमा भेलाहरु सञ्चालन र पार्टी एकताको विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी,मंगलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले,मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकीएको छ ।यसैगरी धौलागिरीमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी,रघुगंगामा देवेन्द्र केसी र विनोद केसी,अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकीएको इन्चार्ज थापाले जानकारी दिए ।

Leave a Reply