मुक्तिनाथ विकास बैंकको शाखा म्याग्दीको सदरमुकाम बेनीमा विस्तार गरिएको छ । आधुनिक बैंकिङ्ग, ग्रामिण बैंकिङ्ग र लघुवित्त सेवामार्फत सेवाग्राहीलाई आर्कषित गरिरहेको बैंकले बेनी नगरपालिका वडा नं ८ क्याम्पचोकबाट सेवा सुरु गरेको हो । भविस्यमा वाणिज्य बैंक बन्ने लक्ष्यका देशभर शाखा विस्तारमा आक्रामक देखिएको बैंकले बेनीमा कारोबार सुरू गरेपनि औपचारिक रुपममा आगामी चैत्र २१ गते उद्घाटनको कार्यक्रम तय गरिएको शाखा प्रबन्धक सुदिप घिमिरेले बताए ।

‘सेवाग्राहीलाई सेवाबाटै आर्कषित गर्ने छौ,‘ग्रामिण क्षेत्रमा समेत आवश्यकता अनुसार पुगेर सेवाका बारेमा जानकारी दिन्छौ’ घिमिरेले भने । उनले हालसम्म बैंकले ४० प्रतिशत रकम उत्पादनशिल क्षेत्रमा लगानी र ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको बताए । ‘सानादेखि ठूला ब्यवसायीलाई सहज सेवा दिन्छौ,‘बैंकिङ्ग पहुँच बाहिर रहेकालाई ल्याउने प्रयास गछौ’ घिमिरेले भने । उनका अनुसार म्याग्दीका साथै छिमेकी जिल्ला जलजला गाउँपालिकाबासीलाई समेत लक्षित गरी सेवा विस्तार गरिने बताए । ३८ अर्व १४ करोड निक्षेप, कर्जा ३२ अर्व ९८ करोड रहेको छ । बैंकको देशभर १ सय १४ शाखा, २२ वटा एटिएम र करिब ६ लाख ग्राहक रहेको जनाइएको छ ।