राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि दबाव दिन भन्दै म्याग्दीको सदरमुकामबाट सुरु गरिएको हस्ताक्षर संकलनलाई जिल्लाका सबै स्थानीय तहसम्म पु¥याउने राप्रपा म्याग्दीका अध्यक्ष बीरबहादुर थापाले बताए । उनका अनुसार संकलिन हस्ताक्षरले प्रतिनिधिसभालाई हिन्दु राष्टको पूनस्थापनामा दवाव मिल्ने बताए ।

८१ प्रतिशतभन्दा धेरै हिन्दू धर्मावलम्बी रहेको मुलुक हिन्दूराष्ट्र नै हुनुपर्ने भन्दै राप्रपाले पुनःस्थापनाका लागि दबाव बढाउन देशभर हस्ताक्षर संकलन सुरु गरेपछि एकमुष्ट संकलन गरी चैत २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने केन्द्रिय उपाध्यक्ष भीमप्रसाद गौचनले बताए । राप्रपाले यसअघि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते हिन्दूराष्ट्र पुनःस्थापनाका लागि दवाव दिन मेची–महाकाली अभियान चलाएको थियो ।

Leave a Reply