हावाहुरीका कारण बारा र पर्सामा चार सयभन्दा धेरै मानिसहरु घाइते भएपछि उनीहरुको उपचारका लागि वीरगन्‍ज अस्पतालमा रगतको अभाव भएको छ । आइतबार एक्कासी आएको हावाहुरीका कारण ठूलो संख्यामा घाइते भएपछि उपचारका लागि रगत अभाव भएको हो । एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ ।

प्रदेश नम्‍बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्‍वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका हुन् । उनले ट्‍वीटमा लेखेका छन्, “वीरगन्‍ज अस्पतालमा रगतको अभाव देखियो, स्थानीय साथीहरु वीरगन्ज अस्पताल गई तत्काल रगत दान गरौँ ।”हावा हुरीका कारण बारा र पर्सा गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घाइते भएका छन् ।  बाराको भलुही, भरबलीया, फेटा, चैनपुलगायतका गाउँहरु हुरीबाट बढी प्रभावित छन् । baahrakhari.com

Leave a Reply