बेनी नगरपालिकाका हिन्दू धर्मावलम्विहरु समूह मार्फत् एक हुन थालेका छन् । यसै क्रममा समुह मार्फत नै सक्रिय हुने उद्देस्यले बेनी नगरपालिका वडा नं.–१, रत्नेचौरमा मञ्जु खड्काको अध्यक्षतामा नौ सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको छ ।

त्यसैगरि उपाध्यक्षमा बाबुराम बोगटी, सचिवमा मिनबहादुर न्यौपाने(खत्री), कोषाध्यक्षमा सहनशिला पुन र सदस्यहरुमा दुर्गाप्रसाद गौतम, दुर्गा थापा, जमुना बोगटी, उमा बोगटी र टीकाबहादुर महत चयन भएका छन् भने सल्लाहकार सदस्यहरुमा नेत्रबहादुर महत, भीमबहादुर थापा र लालबहादुर न्यौपाने (खत्री) चयन हुनुभएको छ भने उक्त कार्य समितिको संरक्षकमा टेकबहादुर रावल रहनु भएको छ ।

नव गठित वडा कार्यसमितिले वडाभित्र हिन्दूधर्मको विरुद्धमा हुने गरेका गतिविधिहरुलाई निरुत्साहित गर्ने र आवस्यक परे हिन्दू धर्म तथा हिन्दू राष्ट्रका बारेमा सशक्त आवाज उठाउने छ । त्यसैगरि अहिलेसम्म बेनी नगरपालिकाका २, ४, ६, ७ र ८ वाडहरुमा वडा कार्य समिति गठन गरिसकिएको र बाँकी वाडहरुमा पनि क्रमशः विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गर्दै जाने विस्व हिन्दू महासंघ म्याग्दीका सचिव लोकनाथ भुषालले बताउनु भयो ।

पछिल्लो समय नेपालमा हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरु घटिरहेको र पस्चिमा संस्कृतिहरुले स्थान पाइरहेको बेला म्याग्दीमा भने हिन्दू धर्मावलम्विहरु आफ्नो धर्म र संस्कार बचाउँ भन्ने उद्देस्यले विश्व हिन्दू महासंघ जिल्ला तथा वडा कार्यसमिति नै गठन गरेर सक्रिय हुन थालेका छन् । विस्व हिन्दू महासंघ म्याग्दीका सल्लाहकार पं दण्डपाणि उपाध्याय ज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुन्दर केसीको स्वागत र सञ्चालन सचिव लोकनाथ भुषालले गर्नुभएको थियो ।

Leave a Reply