हावाहरीका कारण तराईका केही जिल्लामा घाईते भएकाको उपचारमा रगत अभाव भएपछि म्याग्दीमा रक्तदान कार्यक्रम राखिएको छ । आइतबार एक्कासी आएको हावाहुरीका कारण बारा र पर्सामा ठूलो मानवीय क्षतीसंगै सयौं घाईते भएपछि उपचारको क्रममा रगतको अभाव भएको थियो ।

हावाहुरीले क्षती पुगेका जिल्ला तथा आसपासका क्षेत्रमा रहेका अस्पतालमा रगत पठाउन लायन्स क्लवले बेनी अस्पतालमा रक्तदान कार्यक्रम गरेको लायन्स क्लब बेनी पिस सिटीका अध्यक्ष लोकेश पुनमगरले बताए ।‘घाईतेलाई रगतको आवश्यकता छ,‘तराईबासीलाई रगत नै पठाएर उपचारमा सघाउने छौ’ पुनले भने । उनले बेनी अस्पतालमा विहानदेखि सुरु हुने रक्तदान कार्यक्रममा बेनीस्थित सम्पूर्ण लायन्स क्लवले संयुक्त अभियान सुरु गरेको जनाइएको छ ।

Leave a Reply