हावाहुरीका कारण तराईमा घाईते भएकाको उपचारमा रगत अभाव भएपछि मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । जिल्लामा क्रियाशिल लायन्स क्लवको संयुक्त आयोजनामा बेनी अस्पतालमा गरिएको रक्तदानमा ३५ पिन्ट रगत सङ्कलन भएको छ ।

गत आइतबार एक्कासी आएको हावाहुरीका कारण बारा र पर्सा जिल्लामा ठूलो मानवीय क्षतीसंगै सयौं घाईतेको उपचारको क्रममा रगत अभावको जानकारी पाएपछि रक्तदान कार्यक्रम तय गरिएको लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष लोकेश पुनमगरले बताए । रक्तदान कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लवका सिनियर एवजी सन्तोष रावलले नेपालीको एकतालाई देखाउने बेला आएको बताए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र, बेनी अस्पतालको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ बेनीम्याग्दी,लायन्स क्लब अफ म्याग्दी दोभान,लायन्स क्लब अफ बेनी सिटी,लायन्स क्लब अफ बेनी मल्लाज,लायनस क्लब अफ बेनी महारानी,लायन्स क्लब अफ बेनी पिस सिटी र लियो क्लब अफ बेनी म्याग्दीको संयुक्त आयोजनमा रक्तदान गरिएको थियो । यसैबीच हावाहुरीबाट विस्थातिप भएकालाई नेकपा सर्मथित विद्यार्थीले समेत बेनीबजारमा राहत संकलन गरेका छन् ।

Leave a Reply