हावाहुरीका कारण तराईमा विस्थापित भएकालाई पुर्नस्थापनाको अभियानमा म्याग्दीमा आर्थिक सहयोग संकलन गरिएको छ । नेकपा सर्मथित अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू म्याग्दीले बेनीबजारमा ६२ हजार ७ सय ११ रुपैयाँ राहत संकलन गरेको हो ।

गत आइतबार एक्कासी आएको हावाहुरीका कारण बारा र पर्सा जिल्लामा ठूलो मानवीय क्षतीसंगै सयौं घाईतेको विचल्ली भएपछि राहत संकलन गरिएको अनेरास्ववियू क्रान्तिकारीका यामनाथ पौडेलले बताए । उनका अनुसार संकलित राहतलाई हावाहुरीबाट विस्थापितको पुर्नस्थापनाको महाअभियानमा हस्तान्तरण गरिने छ ।

बेनीबजार सहित आसपासका क्षेत्रमा सञ्चालन गरिएको अभियानमा उक्त सहयोग संकलन भएको थियो । यसैबीच हावाहुरीबाट विस्थातिप भएकालाई नेकपा सर्मथित विद्यार्थीले समेत बेनीबजारमा राहत संकलन गरेका छन् । राहत संकलन अभियानमा अनेरास्ववियूका अध्यक्ष सुवास विक, स्वतन्त्र विद्यार्थी यूनियनकी रश्मी रोका लगाएत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply