‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा हुरी चल्दा पहाडले छेक्नुपर्छ’ गत आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको यो गीतमा जस्तै अचानक हावाहुरीले बरा र पर्सा जिल्लाको जनजीवनलाई गम्भीर रुपमा असर गरेपछि प्रभावित क्षेत्रको उद्धारमा खटिएका छन् ।

तराईमा हावाहुरीले ज्यान गुमाएका र घाईते तथा विस्थापितलाई पहाड र हिमाली क्षेत्रमा बस्ने नेपालीले यो गीत याद गरिरहेका छन् । हावाहुरीमा ज्यान गुमाएकादेखि विपत्तीमा परेकाहरूको उद्धारमा सयौंजना घटनास्थलमा छन् । तराईको विपत्तमा पहाडी जिल्लाबाट समेत यूावहरुको टोली तराई झरेका छन्, जसको एउटा उदाहारण म्याग्दीका प्रकाश पौडेल समेत हुन् ।

हावाहुरीले अस्तब्यस्त तराईमा केही यूवासंगै पुगेका पौडेलले आफ्नो टोलीमा परेका यूवाहरुसंगै स्थानीयको उद्धार तथा समान ढुवानीमा ब्यस्त छन् । ‘तराईको हुरीलाई छेक्न पहाडबाट आएको छु,‘यहाँका जनताको सेवामा सकेसम्म काम गर्छु’ पौडेलले बेनीअनलाइनलाई भने । उनले उद्धारमा एकजनाले पनि धेरै गर्न सकिने भएकाले पनि आफूँले स्थानीयसंग सहकार्य गरी उद्धार तथा पूर्नस्थापनका गतिविधिमा सक्रिय रहेको बताए ।

उनले प्राकृतिक विपत्तमा मानवीय सहायता नै सबैभन्दा ठूलो राहत भएकाले पनि विभिन्न माध्यमबाट सहयोग गर्न सकिने बताए । महाभूकम्पमा पहाडी जिल्ला, बाढी र ढुवानमा तराई क्षेत्रमा समेत पुगेर काम गरेका पौडेलले भीषण हावाहुरीका कारण ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली दिन समेत पहाडबाट यूवाहरु तराईमा आउनुपर्ने बताए ।

उनले हिमाल, पहाड र तराई बीचको एकतालाई बलियो बनाउन यस्ता प्राकृतिक प्रकोपमा सहकार्य आवश्यकता रहेको बताए ।नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता समेत रहेका पौडेलले प्राकृतिक विपत्तीमा परेकालाई उद्धारमा सक्रिय हुदाँ फरक महसुस हुने बताए । उनले बेनीमा संकलन भएको राहत साम्रागी समेत वितरण गरिने बताए । यसैबी बेनीमा रक्तदान सहित विभिन्न कार्यक्रम गरी पीडितलाई राहत संकलन गरिएको छ ।

Leave a Reply