गण्डकी प्रदेश सरकारले गोरखाको उत्तरी नाकालाई सडकसँग जोड्न चीनतर्फबाट सडक खन्ने अनुमति लिइदिन केन्द्र सरकारसँग आग्रह गरेको छ । । तिब्बतसँग जोडिएको रुइला भञ्ज्याङदेखि गोरखातर्फ सडक खन्न चीनको बाटो प्रयोगको अनुमति मिलाइदिन प्रदेश सरकारले आग्रह गरेको हो ।गोरखाको आरुघाट हुँदै चीन जोड्ने सडकको माछाखोलासम्म नेपाली सेनाले ट्रयाक खोलिसकेको छ ।

अब चीनको बाटो प्रयोग गरेर निर्माण समाग्री ल्याई सडक खन्न सकेमा काम चाँडै सकिने गण्डकी सरकारका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।चीनतर्फबाट मेशिनरी यन्त्र र निर्माण सामाग्राी ल्याएर निर्माण थाल्ने र माछाखोलाबाट पनि नेपाली सेनाले बाटो खनिरहेकाले छिटो नाका जोड्ने लक्ष्यसहित काम अगाडि बढाउन नेपाल सरकारलाई सहमतिका लागि अनुरोध गरिएको बस्नेतले बताए । यता म्याग्दी हुदै मुस्ताङबाट तिब्वत जोड्ने कोरला नाका सरकारको प्राथमिकतामा परेको बताइएपनि नेपाल तर्फ नाका क्षेत्रमा खासै प्रगति भएको छैन्

Leave a Reply