बेनी नगरपालिका–६ गोलखाँडाकी पुष्पा कामी एकाविहानै मजदुरीमा हिड्छिन् । गाउँघरमा हुने सबै किसिमका कामको खोजीमा उनी घरघरमा पुग्छिन् । घरायसी काम देखि खेतबारीमा घाँस काट्ने, दैनिक ज्यालामजदुरीको कमाईले घरमा ६ जनाको परिवारको हातमुख जोड्ने गर्छिन् । तीन सन्तानकी आमा कामीको कमाईले बृद्ध आमा, बिरामी श्रीमान र तीन छोराछोरीको पालनपोषण तथा शिक्षादीक्षा दिने जिम्मेबारी समते उनको काँधमा छ ।

जमिनको नाममा एक टुक्रा पनि नभएपछि गाउँलेको सहयोगमा राम्चे सामुदायिक बनको जग्गामा बस्दै आएपनि घर भत्किएपछि एक्लेपीपल आधारभुत विद्यालयको खाली भवनमा कष्टपूर्ण तरिकारले दिनरात गुजादैं आइरहेको पुष्षको परिवारले नयाँबर्षको उपहारको रुपमा पाउने भएका छन् ।

घर भत्किएर छाप्रोमा बस्दै आएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि पुष्पालाई स्थानीय तथा स्वदेश तथा विदेशमा रहेका सहयोगदाताले सहयोग गरेपछि घरको संरचना बन्दैछ । स्थानीग अगुवा म्ना बायिाँ, दिनेस सुबेदी, हेमन्त बानियाँ, सुन्दर बानियाँ लगाएतको सक्रियतामा सुरु भएको सहयोग संकलन अभियानबाट संकलित रकमले संरचना बनाउन सुरू गरिएको छ ।

भत्किएको घर नजिक सामुदायिक बनले उपलब्ध गराएको जग्गामा स्थानी अर्थुङ्गे यूवा क्लव, सामुदायिक बन तथा वडा कार्यालयले समेत सहयोग गरेका छन् । ‘अझैपनि थप आर्थिककको आवश्यकता छ,‘नयाँ बर्षमा घर उपहार दिने गरी काम भइरहेको छ’ अगुवा बानियाँले भनिन् । चैत्र महिनाभित्र घर निर्माणको कार्य सम्पन्न गरेपछि सहयोगदाताको विवरण सार्वजनिक गदैं घरमा प्रवेश गराउने योजना रहेको छ ।

गाउँकै विपन्न परिवार भएपनि सरकारी निकायबाट घर निर्माण सहित संरचनामा सुकुम्बासी भएकाले सहयोग दिन नमिल्ने भन्दै जनता आवास सहितका कार्यक्रममा मापदण्ड नपुग्ने भन्दै अनुदानबाट बञ्चित भएपछि पुष्पालाई घर बनाउने अभियान सुरु भएको हो । ‘छोप्रो भत्किएपछि विद्यालयमा बस्ने गरेका छौ,‘चिसोले छोराछोरी विरामी हुदाँ औषधी उपचार गर्ने आर्थिक छैन’ पुष्पाले भनिन् । आफुँ बिरामी हुदाँ छोराछोरीले छिमेकमा मागेर छाक टार्ने गरेको बताईन् ।

उनले आर्थिक अभावका कारण भत्किएको घर मर्मत गर्न नसक्दा स्थानीय सामुदायिक बनले उपलब्ध गराएको जग्गामा छाप्रो समेत बनाउन नसकेको बताउँदै धेरै दिन आँसु पिएर दिन काट्नुपर्ने अवस्था रहेको बताईन् । करिब पाँच दशक अगाडी देखि सुकुम्बासी जीवन विताइरहेको अवस्थामा आर्थिकस्तर उकास्न श्रीमानलाई दुईपटक विदेश पठाएपनि कमाईले ऋण तिर्न समेत मुस्किल भएको उनको गुनासो छ ।

‘तीनलाख ऋण नै छ,’‘श्रीमानको आन्द्राको समस्याले काम गर्न सक्दैनन्’ पुष्पाले भनिन् ।विदेश जाँदाको ऋण तिर्न नसक्दा पटकपटक सामुहिक आत्महत्याको प्रयास गरेपनि छोराछोरीको अनुहार हेरेर रोकिएको बताईन् ।‘आत्महत्याका लागी धेरैपटक प्रयास गर्दा पनि छोराछोरीको भविष्यलाई हेरेर रोकिए’ उनले भनिन् । कक्षा ९ मा अध्ययरत जेठी छोरी प्रकृति, कक्षा ३ मा पढ्ने छोरा प्रकटलाई पोशाक, शैक्षिक साम्रागीको अभावले पठनपाठन नै प्रभावित हुने गरेको छ ।

Leave a Reply