Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

पुलाचौरको विश्व हिन्दू महासंघको अध्यक्षमा सुवेदी

बेनी नगरपालिका वडा नं.–५, पुलाचौरमा कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा एघार सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको छ ।

त्यसैगरि उपाध्यक्षमा हेमबहादुर खत्री, सचिवमा चिरञ्जीवी सुवेदी, कोषाध्यक्षमा ईन्द्रप्रसाद सुवेदी र सदस्यहरुमा दलकिशोर बानियाँ, देवीदत्त पौडेल, गणेश परियार, हेमा सुवेदी, विष्णु थापा, मुकुन्दप्रसाद पौडेल र रामकुमारी खत्री चयन हुनु भएको छ भने सल्लाहकार सदस्यहरुमा थ्रीलाल सुवेदी, गणेशबहादुर मल्ल र यामबहादुर बानियाँ चयन हुनुभएको छ ।

धर्म, संस्कार र देश रहे पो हामी रहौंला तर धर्म, संस्कार र देशै नरहे हामी र हाम्रो अस्तित्व पनि कहाँ रहला र ? हामीलाई हाम्रो धर्म र संस्कार प्राण भन्दा पनि प्यारो छ भन्दै बेनी नगरपालिकाका हिन्दू धर्मावलम्विहरु समूह मार्फत् एक हुन थालेका हुन् ।

नव गठित वडा कार्यसमितिले वडाभित्र हिन्दूधर्मको विरुद्धमा हुने गरेका गतिविधिहरुलाई निरुत्साहित गर्ने र आवस्यक परे हिन्दू धर्म तथा हिन्दू राष्ट्रका लागि जनमत सङग्रह गर्नका नागि सशक्त आवाज उठाउने छ । अहिलेसम्म बेनी नगरपालिकाका १, २, ४, ६, ७ र ८ वाडहरुमा वडा कार्य समिति गठन गरिसकिएको र बाँकी वाडहरुमा पनि क्रमशः विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गर्दै जाने विस्व हिन्दू महासंघ म्याग्दीका सचिव लोकनाथ भुषालले बताउनु भयो ।

पछिल्लो समय नेपालमा हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरु घटिरहेको र पस्चिमा संस्कृतिहरुले स्थान पाइरहेको बेला म्याग्दीमा भने हिन्दू धर्मावलम्विहरु आफ्नो धर्म र संस्कार बचाउँ भन्ने उद्देस्यले विश्व हिन्दू महासंघ जिल्ला तथा वडा कार्यसमिति नै गठन गरेर सक्रिय हुन थालेका छन् । विस्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्य ज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लोकनाथ भुषालले गर्नुभएको थियो ।

Exit mobile version