आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला समापन भएको हो । भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरको छ ।

संयोजक राम्जाली मगर सहित समितीको सदस्यहरुमा रञ्जना श्रेष्ठ ,रश्मी रोका मगर ,दर्पण रोका मगर,कविता कर्मचार्य,दलप्रसाद तिलिजा र हेना खड्का छन्त्याल रहनुभएको छ । भेलाले आगामी ६ महिना भित्रमा प्रथम जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । प्रथम जिल्ला भेला संगै म्याग्दी फोनिजको ५५ औं शाखाको रुपमा स्थापना भएको छ।

कार्यक्रममा भेलाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि फोनिज केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज हुमबहादुर गुरुङले फोनिजको परिचय ,उद्धेश्य,मिडिया तथा चुनौतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले आदिबासी जनजाती समुदायको क्षमता विकास र उत्थानका लागि स्वतन्त्र आवाजको रुपमा फोनिज पत्रकार महासंघ स्थापना भएको स्पष्ट पार्नुभयो ।

साथै प्रमुख अतिथि गुरुङले बिभेदमा पारिएका जनजाती समुदायको भाषा ,कला र संस्कृतीको उत्थान र राज्यको हरेक निकायलाई समावेशी मैत्रि बनाउन पत्रकारको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । जातिय मुद्धा उत्थानका लागि सबै एक हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले पत्रकार एउता समुदायको मात्र नभई सबैको साझा बन्नुपर्ने बताउनुभयो ।‘राज्यबाट विभेदमा पारिएका आदिवासी जनजाति समुदायको लोपोन्मुख भाषा ,कला ,र संस्कृती उत्थान र राज्यको हरेक निकायलाई समावेशी मैत्रि बनाउन आविवासी जनजाति समुदाय नै विभिन्न क्षेत्रबाट अगाडी बढेमा मात्र अधिकार प्राप्त गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

‘आविवासी जनजाती समुदायको भाषा, कला र संस्कृतीको संंरक्षण र उत्थान गर्न तथा राज्यको हरेक निकायलाई समावेशी मैत्रि बनाउन स्थानिय ,प्रदेश र संघिय सरकारले जोड दिन आवश्यक छ ।’
जिल्ला संयोजक राम्जालीको अध्यक्षता ,केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज गुरुङको प्रमुख आतिथ्यता ,सञ्चारकर्मी समिर रोका मगरको स्वागत मन्तव्य र सदस्य दर्पण रोका मगरको संचालमा कार्यक्रम समापन भएको थियो ।

Leave a Reply