नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बेनीनगर कमिटीको अध्यक्षमा पूर्व माओवादी केन्द्रका शेरबहादुर केसी चयन भएका छन् । बिहिबार पार्टी कार्यालयमा भएको भेलाबाट सचिवमा राजकुमार थापा चयन भएको छ । थापा पूर्व एमालेका यूवा नेता एवम् जिल्ला सचिवालय सदस्य हुन् । भेलाले केसीको नेतृत्वमा ५७ सदस्यीय नगर कमिटी गठनको प्रस्ताव गरेको नेकपका संयन्त्र सदस्य बालकृष्ण सुबेदीले बताए ।

‘नगरभित्रका ९ वडाको कमिटीको पनि टुंगो लागेको छ,‘सबै वडामा सर्वसम्मतिले कमिटी गठन भएकाले पनि पार्टीमा नयाँ उर्जा थपिएको छ’ उनले भने । पार्टीको वडा नं ५ को कमिटी टुंगो लाग्न बाँकी छ । पार्टीको वडा नं १ को अध्यक्षमा पदम बहादुर रावल, सचिव सेते किसान, वडा नं २ मा अध्यक्ष कृष्ण बहादुर कार्की, सचिव डम्बर सापकोटा, वडा नं ३ अध्यक्ष खिम बहादुर पुन, सचिव दिल बहादुर थापा, वडा नं अध्यक्षमा ४ अर्ण बहादुर खड्का, सचिव कृष्ण खड्का, वडा नं ६ अध्यक्षमा गणेशबहादुर बानियाँ, सचिव यादव सुबेदी, वडा नं ७ अध्यक्ष्मा लक्ष्मण शर्मा, सचिव कृष्ण बानियाँ रहेका छन् ।

त्यसैगरी वडा नं ८ मा ठाकुरप्रसाद शर्मा, सचिव खेम केसी, वडा नं ९ अध्यक्ष रुद्धप्रसाद रेग्मी, सचिव झलक विक र वडा नं १० मा अध्यक्ष कृष्ण मल्ल र सचिवमा केश बहादुर बस्याल रहेका छन् । पार्टीको एकतापछिको लामो समय पश्चात स्थानीय तहमा सर्वसम्मतिले पार्टीको नेतृत्व चयनले कार्यकर्तामा समेत उत्साह थपिएको छ । बेनी नगरबाट सुरु भएको अभियान जिल्लाका अन्य स्थानीय तहमा समेत तिब्रताका साथ अगाडी बढाउने नेकपा संयन्त्रले जनाएको छ ।

Leave a Reply