Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

गुराँस लाइफको साधारण सभा, ८ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न नबौं वार्षिक साधारण सभाबाट यो प्रस्ताव पारित गरेको हो । ८ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गरिने भएको हो ।

बोनश शेयर र ५० प्रतिशत हकप्रद सेयर जारी गरे पश्चात गुराँस लाइफको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने जनाइएको छ । सोही पूँजीको शत प्रतिशत १ बराबर १ हकप्रद जारी गर्ने कम्पनीको निर्णय छ । बीमा समितिले जीवन बीमा गर्ने कम्पनीहरुले आगामी असार मसान्त भित्र चुक्तापूँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने निर्देशन दिई सकेको छ ।

कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी २ अर्ब कायम गरी आफ्नो प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको हो । साधारण सभालाई संबोधन गर्दै गुराँस लाईफका अध्यक्ष विबेक दुगडले लगानीकर्ताको हितमा आफूहरुले काम गर्ने जानकारी दिएका थिए ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्राईले लगानीकर्ता माझ भने–‘हाम्रो ध्यान नपुगेको ठाउँमा हजुरहरुले औल्याईदिनु होस्, त्यसलाई हामी सुधार गर्न तयार छौँ ।’ www.bikashnews.com

Exit mobile version