बेनी नगरपालिका वडा नं ४ तातोपानीको उपल्लो बजारमा ढल निर्माणको क्रममा दुईतले कच्ची घर भत्किएको छ । बजारमा ढल निर्माणको क्रममा स्थानीय रेशम कार्कीको घर भत्किएको स्थानीयले बताएका छन् । तातोपानी बजारमा अब्यवस्थित ढललाई ब्यवस्थित बनाउने क्रममा कार्कीको घर नजिक विस्तार भइरहेको अवस्थामा घर भत्किएको ढल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

ढल विस्तारको क्रममा घर नजिकै रहेको सेफ्टी ट्यांकी परेको कारण घर भत्केको उपभोक्ता समितिका संयोजक विरेन्द्रमान शाक्यले बताए । उनका अनुसार भत्किएको घरका बारेमा बेनी नगरपालिका तथा वडा कार्यालयमा समेत जानकारी गराइएको छ । ढल विस्तारको क्रममा एक्कासी घर अनियन्त्रित भएपछि सर्वसाधारण तथा मजदुर आसपासका क्षेत्रबाट भागेका थिए । घरभित्रका सामान निकालिएको छ । ढल विस्तारको क्रममा गतबर्ष समेत तल्लो बजारमा एक घरमा क्षती पुगेको थियो ।

Leave a Reply