जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोषको अभियानमा प्रवासमा रहेका म्याग्देली बाहेकले पनि जोडिने चाहना ब्यक्त गरेको मोना हङकङका संस्थापक अध्यक्ष तुल्मराज राम्जालीले बताएका छन् ।

बिहिबार कोषको सचिवालयमा आयोजित कार्यक्रममा बोल्दै विधानलाई सहयोग जिल्लाभित्रका जनताको उपचारमा केन्द्रित भएपनि मानवीय सेवाको सबैभन्दा ठुलो कार्यमध्ये औषधी उपचारको अभावका कारण अलपत्र अवस्थामा रहेका म्याग्देलीको उपचार ने भएको बताउदै राम्जालीले विधानभित्रका केही प्रावधानलाई परिमार्जित गदैं एकल, दुई वा सम्पूर्ण परिवारले गर्न सक्ने सहयोगलाई सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा केही महिना अगाडी हङकङमा पुगेको कोषको टोलीलाई दिइएको स्वागत तथा सहयोगले त्यहाँ रहेका नेपालीले समेत सहयोगको चाहना ब्यक्त गरेको पाइएकाले विधानलाई कोषको अभियानसंर्गै जिल्लाका विपन्नको उपचारमा थप प्रभावकारी बनाउने गरी अभियान सञ्चालनमा सहज भएको अध्यक्ष राजेश शाक्ले बताए । उनले हङकङबाटै ४० लाखभन्दा धेरै आर्थिक संकलन भएको बताए ।

सोही अवसरमा धवलागिरी गाउँपालिका ७ धारापानीकी एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
स्तन क्यान्सरबाट थलिएर चितवनमा उपचाररत धारापानीकी ओमकुमारी उपाध्यायको उपचारका लागि परिवारको कमजोर आर्थिक अवस्थाका कारण समस्या भएपछि कोषले दश हजार रुपैयाँ सहयोग गरेको हो । स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले समेत मन्तब्य राखेका थिए ।

कोषले १ करोड ५० देखि २ करोडसम्म अक्षय कोषको स्थापना गरी ब्याजबाट उपचारमा सहयोग गर्ने अभियान सञ्चालन गर्ने गरी सहयोग संकलन गरेको छ । बेनी नगरपालिका–४ सिंगाकी ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको थियो । कोषले हालसम्म १ सय २० जनालाई आर्थिक सहयोग तथा उपचारको अभियान सञ्चालन गरेको छ ।

Leave a Reply