सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी महारानीको बिहीबार बेनीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले रन्जिता भट्टचनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा सङ्गिता श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रेश्मा श्रेष्ठ, तृतीय उपाध्यक्षमा भीमकुमारी सुवेदी, सचिवमा जुनु उदास श्रेष्ठ, सहसचिवमा चन्द्रा घले, कोषाध्यक्षमा सरिता श्रेष्ठ, सहकोषाध्यक्षमा सङ्गिता श्रेष्ठ, मेम्बरसिप डाइरेक्टरमा दिलु पुन, रिपोर्टिङ अफिसरमा सुस्मिता श्रेष्ठ, स्वास्थ्यमा टकदेवी शेरपुञ्जा, पिआरओ जमुना रोका, टेलट्वीस्टर शिला श्रेष्ठ, ट्रेमर अर्पना श्रेष्ठ र खेलकुदमा सनम केसी रहेका छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै लायन्स क्लबका सिनियर एमजेएफ लायन सन्तोष रावलले सामाजिक क्षेत्रमा लायन्स क्लबहरुको क्रियाशिलता बढ्दै गएको बताए । उनले रचनात्मक र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नका लागि निरन्तरता दिनुपर्नेमा जोड दिँदै चालु वर्षलाई कार्यक्रमका हिसाबले उत्कृष्ट वर्ष बनाउन आग्रहसहित आवश्यक सहयोग गर्ने बताएका छन् । रिजन जोन चियरपर्सन दीपेन्द्र श्रेष्ठले अरुले पछ्याउने गरी सामाजिक क्षेत्रमा लायन्स क्लबहरुले विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जोन चियरपर्सन प्रमिाला जोशी श्रेष्ठ, बेनी महारानीका संस्थापक अध्यक्ष रञ्जना श्रेष्ठ, लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठ र म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठले मन्तव्य राखेका थिए । साधारणसभामा क्लबका निवर्तमान अध्यक्ष हिरादेवी उपाध्यायले प्रगति र कोषाध्यक्ष दिलु पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष उपाध्यायको अध्यक्षता र सचिव जुनु उदास श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रन्जिता भट्टचनले स्वागत गरेकी थिइन् । स्थापना भएको तीन वर्षको छोटो अवधिमै क्लबले रक्तदान, आँखा शिविर, विद्यालयलाई खेलकुदका सामग्रीहरु सहयोग गर्ने, विपन्नलाई राहत दिनेलगायत थुप्रै सामाजिक कामहरु गरेको छ ।

Leave a Reply