जिल्ला अदालत म्याग्दीले एकबर्षभित्र कुनैपनि मुद्धाको फछ्यौट गर्ने गरी बार्षिक कार्ययोजना बनाएको छ । एउटै मुद्धाका लागि महिनैपिच्छे अदालत धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने गरी छिटो छरितो न्यायिक सेवा प्रवाहमा आवश्यक पर्ने सम्पूर्ण गतिविधिलाई समेटेर कार्ययोजना बनाइएको हो ।

ग्रामिण क्षेत्रसम्म पुगेर सर्वसाधारण नागरिकको अदालतप्रती विश्वासलाई अभिबृद्धि गर्ने गरी न्याय र अदालतका सेवासुविधालाई रुपान्तरण गरिएको।‘जनविश्वास अझै प्रभावकारी गराउन फैसला कार्यान्वयनदेखि अदालती सेवालाई थप सहज बनाउँछौ,‘गुनासो सम्बोधन गर्ने गरी काम गरिरहेका छौ’बुर्लाकोटीले भने ।

बिहिबार अदालतको कार्ययोजना तथा प्रगतिका बारेमा सञ्चारकर्मीसंग कुराकानी गदैं कम खर्चिलो र प्रभावकारी, पीडितलाई न्यायको अनुभुती दिलाउने गरी कानुन ब्यवसायीलाई समेत कार्ययोजना सहित अदालती पहुँचमा पुग्न नसक्ने सर्वसाधारणलाई सहज बनाउने कार्यमा सहयोगको अपेक्षा गरिएको बताए । उनले पुरानो मुद्धालाई पहिलो प्राथमिकता दिने बताए ।चालु आवमा जिम्मेबारी सरेको मुद्धा ६१, नयाँ दर्ता २३१ गरी ३१२ मुद्धामा १ सय ८८ फछ्यौट भएको छ ।

जिल्ला न्यायधिशको भेला सहित विभिन्न कार्यक्रममका कारण चैत्र महिनाको लक्ष्यमा ६० प्रतिशतले प्रगति भएको जनाइएको छ । सरकारबादी ३१, दुनियाबादी फौजदारी ३२ र दुनियाबादी देवानी १ सय ९३ मुद्धा फछ्यौट भएको छ ।नयाँ संहिता लागु भएपछि विवाह दर्ता ९, अनुसन्धानका लागि हिरासतमा राख्ने आदेश १८५, जरुरी पक्राउ पुर्जी जारी २६, पक्राउपुर्जी अनुमति आदेश ३१ र कल डिटेल अनुमति २८ रहेको छ ।

त्यस्तै नयाँ संहिता लागु भएपश्चात महिला ८५ र पुरूष २३ले दर्ता गरेकोमा महिलाको ७३ र पुरुष ६ जनाको फछ्यौट भएको छ । सर्वसाधारणलाई सहज न्याय दिने गरी मेलमिलाप सेवा र न्यून आय भएकालाई बैतनिक कानुनी सेवालाई प्राथमिकता दिइएको जिल्ला अदालतले जनाएको छ । चालु आवमा अदालत सबैभन्दा बढी अपहरण तथा शरीर बन्धक र कर्तब्यज्यानमा १ लाख जरिवाना र सबैभन्दा बढी कैद जवरजस्ती हाडनातामा ४१ बर्ष कैद र अपहरण, जवरजस्ती र कर्तब्य ज्यान मुद्धामा ३१ बर्ष रहेको छ।

अदालती प्रक्रिया झन्झटिलो, महंगो र ढिलासुस्ती हुने गुनासोलाई मध्यनजर गरी सेवाका बारेमा स्थानीय तहमा रहेका न्यायिक समितिसँग समेत सहकार्य गरी जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिएको छ । अदालतभित्रको संरचनालाई समेत नमुना बनाउने गरी बगैंचा, प्रतिक्षालय सिसी क्यामेरा जडान,पेशीमा रहेको मुद्धाको अवस्थाबारे सेवाग्राहीलाई जानकारी दिने गरी डिस्प्ले मनिटर, अपाङ्ग मैत्री भवन लगाएत सेवाग्राहीको सहजता हुने गरी संरचना बनाइएको जनाइएको छ ।

Leave a Reply