नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मालिका गाउँपालिका अध्यक्षमा बेगप्रसाद गर्बुजा चयन भएका छन् । शुक्रबार दरबाङमा आयोजित भेलाबाट सचिवमा गोविन मगरलाई सर्वसम्मति चयन गरिएको हो । गर्बुजा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकिय सचिव समेत हुन् भने मगर पूर्व नेकपा माओवादीमा आवद्ध थिए ।
भेलाले गर्बुजाको नेतृत्वमा २५ सदस्यीय कमिटीका सदस्यमा सन्तनाथ जैशी (सन्तोष), नरबहादुर पुन, हेम बहादुर पुन, अनुप गौचन, बुद्धि पुन, कुलबहादुर घर्ती, रेशम पुन, बुद्धि जुग्जाली, सरस्वती पुन, गौरी शेञ्चुरी, दोरन शेरचन, बिर्खमान रोका, डमप्रकाश बस्याल, शिव दर्जी, दिलिपकुमार शेरचन, गौमती चापागाई, पदबहादुर रोका, गर्बे गुरुङ, सृजना रसाईली, उमेश पुन, मन बहादुर बुढा, काशिराम पुन र रस्मी रोका रहेको मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बेनीअनलाइनलाई बताईन् । उनका अनुसार भेलाबाटै गाउँपालिकाभित्रका सातवटै वडा कमिटीको पनि टुंगो लगाएको छ।
बडा नं १ बुद्धी पुन, सचिव रमेश पुन वडा, वडा नं २ थम बहादुर पुन, सचिव शिव दर्जी, वडा नं ३ सरस्वती पुन, सचिव मन बहादुर पुन, वडा नं ४ रेशम पुन, सचिव गोपाल कँडेल, वडा नं ५ कुलबहादुर घर्ती, रविन्द्र राना, वडा नं ६ अनुप गौचम, सचिव ओमकुमार रोका र वडा नं ७ बुद्धि बहादुर जुग्जाली र सचिव होमन जुग्जाली रहेका छन् । भेलामा पूर्व सांसद एवम् नेकपाका नेता नवराज शर्माले पार्टीको एकतापछि स्थानीय तहमा समेत एकताको सन्देश पुगेको बताए ।