निरन्तरको मेहनतले बोल्ने र भाषण कलामा सक्षम हुन सकिने शु्क्रबार पश्चिम म्याग्दीको मुनामा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा आयोजित पत्रकारिता पुनर्ताजगी तथा उद्घोषणकला तालिमको अवसरमा सार्वजनिक भाषणकलमा सक्षम बन्न निरन्तर अभ्यास सहित सार्वजनिक गतिविधिमा संलग्न हुनुपर्ने बताएका थिए ।

गाउँपालिकाको आर्थिक सहयोग, म्याग्दी मिडिया सोसाइटीको आयोजना एवम् नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा आयोजित तालिमको उद्घाटन गदैं गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले उद्घोषण तथा भाषणकलामा दक्ष भएकालाई सबै क्षेत्रमा अवसर रहेको बताए ।

उनले जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा चिनिएकाले पनि यहाँ सञ्चालित गतिविधिहरूलाई सञ्चारमाध्यम सम्म पु¥याउने गरी तालिमलाई उपलब्धीमुलक बनाउनुपर्ने बताए । स्थानीय तह र वडामा पत्रकारिता र सञ्चार माध्यमको पहुँच विस्तार गर्न सकिएमा हरेक दिन हुने गतिविधिलाई सञ्चारमाध्यम सम्म पु¥याउन सकिने बताउँदै वडा तथा पालिकास्तरीय गतिविधिलाई केन्द्रित गरी वडास्तरबाटै तालिममा सहभागि गराएको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले स्थानीय तहभित्रका गतिविधिमा सञ्चारमाध्यमले निरन्तर पहल गर्नुपर्ने बताए । त्यस्तै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले स्थानीय तहका गतिविधिलाई निरन्तर खवरदारी गर्नुपर्ने बताए । तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता कमल खत्री, स्वागतउपाध्यक्ष हरिकृष्ण गौतम र सचिव अमृत विश्वकर्माले सञ्चालन गरेका थिए । शनिबारसम्म चल्ने तालिममा ७ वटै वडाबाट ३० जनाको सहभागिता रहेको छ ।

Leave a Reply