रक्सीले मातेका एक ब्यक्तिले गर्भवती श्रीमतिलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी छन् । ज्यालामजदुरी गरी जीवन निर्वाह गदैं आएकी धौलागिरी गाउँपालिका–६, मराङकी डिलमाया सुनारलाई तनहु जिल्ला आपुखैरेनी गाउँपालिका–५ घर भएका आशिष गुरूङको कुटाइबाट सख्त घाइते भएकी थिईन् ।घाईते अवस्थामा उद्धार गरिएकी सुनारलाई थप उपचारका लागि पोखरा लगिएको थियो । कुटपिटबाट घाईते परियारको गर्भमा समेत गम्भीर असर परेको थियो ।

उपचारको क्रममा सुनारको गर्वमा रहेको नवजात शिशु (भ्रुण)को मृत्यु भएको चिकित्सकले बताएपछि सुरक्षित गर्भपतन गराई बाहिर निकालिएको थियो । आर्थिक अवस्था नाजुक रहेको महिलाको उपचारका आर्थिक समस्या भएपछि नारीजागृति महिला बहुउदेश्यीय सहकारी संस्थाकी सल्लाहकार पुष्पा पुनको अगुवाईमा आर्थिक संकलन गरी पोखरामा उपचार गरिएको सहकारीक अध्यक्ष चिना बानियाँले बताईन् ।

उनका अनुसार सहकारीले पीडितको उपचारमा ५ हजार आर्थिक सहयोग गरेको थियो । त्यस्तै दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले पाँचहजार पाँचसय ५५ रुपैयाँको सहयोग गरेको सहयोग संकलन अभियानकी पुनले बताईन् ।उनले श्रीमानको कुटपिटबाट घाईते परियारको उपचारपछि फर्किएको बताईन् । घाईते परियार अहिले खतरामुक्त छिन्।

श्रीमति कुट्ने गुरूङलाई प्रहरीले गत चैत्र १२ गते पक्राउ गरी अनुसनधान अगाडी बढाएपनि परियारको कुटपिटमा संलग्नलाई प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा श्रीमानको कुनै दोष नभएको भन्दै सुरुवात कुटपिट गरी गर्भ तुहाएको आरोप लगाएकी परियारले श्रीमानको गल्ती नभएको बताएपछि छुटेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धुव्र शर्माले बताए । ‘कुटपिट गरेका श्रीमानकै पक्षमा श्रीमति आईन्,‘आफ्नै चाहनाले गर्भपतन गरेको बताईन्’ शर्माले बेनीअनलाइनलाई भने । श्रीमति कुट्ने गुरूङ हिरासत मुक्त भएपछि पीडित परियारले उनीसंग सम्बन्ध तोड्ने बताएको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply