बेनी नगरपालिका वडा नं.–९ मा टीकानन्द उपाध्यायको अध्यक्षतामा नौ सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको छ । त्यसैगरि उपाध्यक्षमा टेकबहादुर बानियाँ, सचिवमा गङगादत्त सुवेदी, कोषाध्यक्षमा हिरा सुवेदी र सदस्यहरुमा पूर्णबहादुर खत्री, शर्मिला कार्की, गुमा चोखाल, अमरबहादुर बस्नेत र हेमबहादुर खड्का चयन हुनुभएको छ भने सल्लाहकार सदस्यहरुमा कृष्ण सुवेदी, यिव गिरि र यामबहादुर चोखाल चयन हुनुभएको छ

त्यसैगरी बेनपा-१० मा प्रेमप्रकाश शर्माको अध्यक्षतामा एघार सदस्यीय विश्व हिन्दू महासंघ वाड कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अर्जुन पराजुली, सचिवमा निरमला बरुवाल खत्री, कोषाध्यक्षमा देउमाया राम्जाली र सदस्यहरुमा भिमनाथ पराजुली, चक्र मल्ल, निरमला मल्ल, डिलबहादुर पुन, नरमाया रोका, गुज्जरे किसान र खिमबहादुर थापा चयन हुनुभएको छ ।

त्यसैगरी समितिको सल्लाहकार सदस्यमा ठाकुर पौडेल, तेजनाथ पौडेल र गौमाया पुन चयन हुनु भएको छ ।धर्म, संस्कार र देश रहे पो हामी रहौंला तर धर्म, संस्कार र देशै नरहे हामी र हाम्रो अस्तित्व पनि कहाँ रहला र ? हामीलाई हाम्रो धर्म र संस्कार प्राण भन्दा पनि प्यारो छ भन्दै बेनी नगरपालिकाका हिन्दू धर्मावलम्विहरु समूह मार्फत् एक हुन थालेका हुन् ।

नव गठित वडा कार्यसमितिले वडाभित्र हिन्दूधर्मको विरुद्धमा हुने गरेका गतिविधिहरुलाई निरुत्साहित गर्ने र आवस्यक परे हिन्दू धर्म तथा हिन्दू राष्ट्रका लागि जनमत सङग्रह गर्नका नागि सशक्त आवाज उठाउने छ । अहिलेसम्म बेनी नगरपालिकाका १, २, ४,५, ६, ७ र ८ वाडहरुमा वडा कार्य समिति गठन गरिसकिएको र बाँकी वाड ३ मा पनि विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरेर हरेक वाडहरुमा गठन भएको नेपालको पहिलो बेनी नगरपालिकालाई घोषणा गर्ने अभियान रहेको विस्व हिन्दू महासंघ म्याग्दीका सचिव लोकनाथ भुषालले बताउनु भयो ।

पछिल्लो समय नेपालमा हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरु घटिरहेको र पस्चिमा संस्कृतिहरुले स्थान पाइरहेको बेला म्याग्दीमा भने हिन्दू धर्मावलम्विहरु आफ्नो धर्म र संस्कार बचाउँ भन्ने उद्देस्यले विश्व हिन्दू महासंघ जिल्ला तथा वडा कार्यसमिति नै गठन गरेर सक्रिय हुन थालेका छन् । विस्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्य ज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लोकनाथ भुषालले गर्नुभएको थियो ।

Leave a Reply